दुई अध्यक्षको छुट्टै छलफलपछि नेकपाको सचिवालय बैठक सुरु


काठमाडौँ, ३ साउनः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो सवा तीनबजेदेखि बैठक सुरु भएको हो ।
सचिवालय बैठक अघि पार्टीका दुई अध्यक्षबीच छुट्टै छलफल भएको थियो ।



पार्टीमा देखिएको विवाद समाधानका लागि भइरहेका प्रयासहरु सार्थक नभएपछि सचिवालय बैठक डाकिएको हो ।
सचिवालय बैठकमा पार्टीको केन्द्रीय समितिको बैठक डाक्नेबारे छलफल हुने नेताहरुले बताएका छन् ।
केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने विषयमा पार्टीमा विवाद चुलिएको छ ।








