जाने होईन त जलजला, यसरी पुग्न सकिन्छ ‘भिडियोसहित’


काठमाडौँ, ३ साउनः प्राकृतीक सून्दरताले भरीपूर्ण रोल्पा जिल्लामा अवस्थित जलजला । हिउँदमा हिउँले सेताम्य, बसन्त तथा गृष्म रितुमा विभिन्न प्रजातिका फूलहरु ढकमक्क फुलेको हुन्छ जलजला ।



जलजला प्राकृतीक सून्दरताले भरिपूर्ण भएपनि पर्यटकको पर्खाईमा रहेको छ । सरकार देशरभरबाट पर्यटकीय संम्भावना बोकेको क्षेत्रहरुलाई समेतेर एक सय स्थानहरुलाई नयाँ पर्यटकीय स्थलको रुपमा घोषणा समेत गरीसकेको छ ।

घोषण गरेका पर्यटकीय स्थल मध्य रोल्पाको सबैभन्दा उच्च भू-भागमा अवस्थित जलजला पनि एक हो । काठमाण्डौँदेखि रोल्पा जिल्ला सदरमुकाम लिवाङ सम्मको दुरी ४ सय ६६ किलोमिटर रहेको छ । यो दुरी तय गर्न लगभग १२ घण्टा लाग्दछ ।
https://www.youtube.com/watch?time_continue=632&v=zsYTfhzWcHk&feature=emb_logo








