रोल्पाका १३ जना कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश


रोल्पा, ४ साउनः रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली काँग्रेसका १३ जना सत्तारुढ दल नेकपामा पार्टी प्रवेश गरेका छन । शनिवार एक कार्यक्रम बिच गंगादेव ५ सिमखोलामा पार्टी प्रवेश गरेको गंगादेव गाउँपालिका प्रेस संयोजक अशोक ओलिले बताए ।
पार्टी प्रवेश गर्नेहरुमा नेपाली काङ्ग्रेस कृयाशिल सदस्य रतु खत्री, हरि बहादुर खत्री, नेपाल शिक्षक संघ गंगादेव सभापति राजेन्द्र कुमार पुन, साधारण सदस्य मन बहादुर खत्री, पबित्रा कुमारी खत्री, मनिसा खत्री, गिता खत्री, राम बहादुर डागी, त्रिभुवन खत्री, पम्फा खत्री, तिलक खत्रीले सत्तारुढ नेकपामा प्रवेश गरेका छन ।



नव प्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपाका ५ नम्बर प्रदेश कमिटी सदस्य तथा गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले अबिर लगायर स्वागत गरेका थिए भने जिल्ला कमिटी सदस्य निम बहादुर डागिले माला लगाएर स्वागत गरेका थिए ।
नव प्रवेसी रतु खत्रीले काङ्ग्रेसमा २०५७ सालदेखी कृयाशिल भएर योगदान गरे पनि मुल्यांकन नगरेकोले पार्टी परित्याग गरेको बताए । त्यस्तै हरि बहादुर खत्री, राजेन्द्र कुमार पुनले परिवर्तन भनेको कम्युनिस्टबाट मात्रै हुने भएकोले धुर्बिकरण हुनु परेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी वीर बहादुर खत्रीले पार्टीका नाममा सपथ ग्रहण गराउदै काङ्ग्रेस पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्नुले कम्युनिस्टले जनताको बिस्वास जितेको पुष्टि भएको जिकिर गरेका थिए । त्यस्तै अर्का अतिथी तथा जिल्ला कमिटी सदस्य निम बहादुर डांगीले देश बदल्न कम्युनिस्टले ठुलो योगदान गरेकोले जनतामा कम्युनिस्ट प्रती बिस्वास बढेको दाबी गर्दै नव प्रबेसिलाई पार्टीमा ससम्मान जिम्मेवारि दिने आश्वासन दिएका थिए ।
कार्यक्रम ५ नम्बर वडा कमिटी सचीव वीर बहादुर खत्रीको अध्यक्षतामा र गंगादेव गाउँ कमिटी सदस्य अशोक वली परिवर्तनको सन्चालनमा भएको थियो भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ५ नम्बर प्रदेश कमिटी सदस्य एवम गंगादेव गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियोे ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ रोल्पा जिल्ला कमिटी सदस्य निम बहादुर डागी, गाउँ कमिटी सदस्य एबम ५ नम्बर वडा अध्यक्ष मान बहादुर डागी, गाउँ कमिटी सदस्यहर मस्त बहादुर खड्का , दिपेस बिक, पल बहादुर वली, बालाराम खत्री लगाएत वडा कमिटीका सदस्यहरुको उपस्थिति समेत रहेको थियो ।








