भारतमा भयावह बन्दै, एकैदिन थपिए ४० हजार बढी संक्रमित

काठमाडौँ, ५ साउनः भारतमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढीरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० हजार भन्दा बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४० हजार २ सय ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार १ सय ७ पुगेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ सय ७५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ५ सय ३ पुगेको छ ।

यस्तै कोरोना संक्रमित भएका मध्ये ७ लाख ३ सय ९९ जना निको भई घर फर्किसकेका छन् । भारतमा महाराष्ट्र, दिल्ली, तामिलनाडु प्रदेशमा बढी कोरोनाको प्रभाव परेको छ ।

सम्बन्धित खवर

Back to top button