पहिरोले घर भत्किदा आमा छोरीको मृ’त्यु


दार्चुला, ५ साउनः घटना अविरल वर्षाका कारण पहिरोले घर भत्किदा दार्चुलामा आमा–छोरीको मृ’त्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको पहिरोले पुरिएर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
प्रहरीका अनुसार घटना अविरल वर्षाका कारण पहिरोले घर भत्किदा भएको हो । परिवारका अन्य सदस्य सकुशल छन् । गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि उनीहरु पुरिएको जनाएको छ ।











