स्थानीय महिलाहरुको सक्रियतामा : अनाथ संरक्षण केन्द्रको स्थापना

श्रावण,६, कोहलपुर : महिला तथा बालबालिका संरक्षण केन्द्र खजुराले झन्डै ८ कठ्ठा मन्दिरको जमिनमा अनाथ र टुहुरा बालबालिका एवं घर परिवारबाट दु:खपाएका एकल महिलाहरुको सहारा र संरक्षण गर्ने उदेश्य अनुरुप प्रदेश न.५ मै पहिलो पटक बहु उदेश्य प्रयोजनको भवन निर्माण गरेको छ । संरक्षेण केन्द्रकी अध्यक्ष लीला सुनार लगाएतको अगुवाइमा निर्माण भएको उक्त भवनको आर्थिक सहयोग खजुरा गाउँ पालिका र सोही पालिकाको वडा न. ४ ले गरेको अभियानता लिला सुनारले बताएकी छन ।

दु:ख पाएका बालबालिका तथा एकल महिलाहरुको गाँस, बाँस ,कपासको ब्यबस्था सहित आत्मनिर्भर उन्मुख तालिमहरु प्रधान गरेर साहारा बिहिन हरुको साहारा बन्ने लक्ष्य राखेको सामाजिक अभियान्ता लिला सुनार बताउछिन् ।

उक्त अभियानको प्रसंशा गर्दै बाँकेको युवा सामाजिक अबियान्ता दिक्षा बि.सि. ,सामाजिक अभियान्ता हिरा बि.क. ,गोविन्द खत्री लगाएतको साथ रहेको छ ।
यसरी गाउँका महिलाहरुको सक्रियताम सुरुवात गरिएको यस प्रकारको नमुना कार्यको सफलताक लागी आगामी दिनमा स्थानिय निकाय लगायत समाज सेविहरुको निरन्तर साथ र सहयोग हुन भने जरुरी छ। भने विभिन्न जनजाति ,दलित ,अपांग लगाएका नाममा आउने बर्सेनि करोडौ रकउमलाइ यसरी नै सामाजिक उत्तर दायित्वको बोध हुनेगरी खर्च गर्नेहो भने गरिबि, अभाव र निर्दयीताको निर्मुल हुनसक्छ ।
यधपी यसप्रकारको कदमलाई हर हालतले सफल पार्न स्थानीय निकाय लगाएत अभियन्ताहरुको दृढ सक्रियताको खाचो हुन्छ ।

सम्बन्धित खवर

Back to top button