एसिड आक्रमणमा परेकी युवतीको शल्यक्रिया केही दिनमा

काठमाडौँ, १२ साउनः काठमाडौँको सीतापाइलामा पाँच दिनअघि एसिड आक्रमणमा परेकी २२ वर्षीया पवित्रा कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले जानकारी दिएका छन्। उनको केही दिनमा शल्यक्रिया गर्ने योजना रहेको पनि चिकित्सकहरुले बताए ।

कीर्तिपुर अस्तालमा उपचाररत कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न चिकित्सक डा. शंकरमान राईले बताए।

उनले भने, ‘उहाँ धेरै जल्नु भएको छैन। २ देखि ३ प्रतिशत मात्रै वर्न भएको छ। फेसमा परेको छ। अहिले हामीले ड्रेसिङहरु गरेर राखिरहेका छौँ। अब दुई चार दिनमा शल्यक्रियाको योजना बनाइरहेका छौँ।’

कार्कीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका थिए। दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो।

सम्बन्धित खवर

Back to top button