प्रधानमन्त्री ओलीद्वारा एकलौटी रुपमा नेकपाको स्थायी कमिटी बैठक स्थगित गरियाे

काठमाडौँ, १३ साउनः प्रचण्ड, माधव नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु बालुवाटार पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा नेकपाको स्थायी कमिटी बैठक स्थगित गरेको पाइएको छ । एकहप्तापछि आज मंगलबारका लागि तय गरिएको बैठकमा भाग लिन भन्दै प्रचण्ड लगायतका नेताहरु बालुवाटारमा पुगेका हुन् ।

तर बिहानै १० बजे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले स्थायी कमिटी बैठक स्थगित भएको जानकारी फेसबुकमार्फत दिएका थिए । तर त्यो जानकारी ओलीको एकलौटी निर्णय भएको प्रचण्ड निकट नेताहरुको भनाई छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि स्थायी कमिटी बैठक स्थगितबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

आफूहरु बैठकका लागि बालुवाटारको बैठकस्थलमा रहेको र बैठक सुचारु हुने विश्वास रहेको नारायणकाजीले बताएका छन् । तर ओली निकट नेताहरुले भने बिहान ९ बजे छलफलको तयारी भएपनि प्रचण्ड नआएका कारण बैठक स्थगित भएको बताएका छन् ।

सम्बन्धित खवर

Back to top button