सिधा कुराको अभियान बुटवल पुग्यो दार्शक हरुले ९८०१५७२४२४ म सम्पर्क गर्न सक्ने


काठमाडौ 15 साउन : यहि असार २८ गतेदेखि प्रदेश १ बाट सुरु भएको सिधा कुरा टिमको घरदैलो अभियान सातै प्रदेशमा पुग्न लागेको छ । यस यात्राको क्रममा सीधाकुरा जनतासंग कार्यक्रम प्रदेश १ को इलाम , झापा, सुनसरी, प्रदेश २ को जनकपुर र बीरगञ्ज, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको कास्की र बागलुङबाट प्रसारण भइसकेको छ
हाल्सम्म को अभियान सोचेभन्दा राम्रो भएको अब प्रदेश ५/६/७ म अभियान चलाउने गरी टिम बुटवल आइपुगेको छ । सीधाकुरा जनतासँगको आजको एपिसोड प्रदेश ५ बाट प्रत्यक्ष प्रसारण हुँदैछ । यस्का लागि प्रदेश ५ का दर्शकहरुले ९८०१५७२४२४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
विकास र समस्याका कतिपय मुद्दामा राज्यको नजर पर्न नसकेको र जनताको गुनासो सुन्ने निकायहरु मौन बसिदिएको अवस्थामा सीधाकुराले यिनै आवाज र गुनासोहरुको प्रतिनिधित्व गर्दै आएको छ ।











