फुलहम प्रिमियर लिगमा बढुवा, फुटबलको सबैभन्दा मह‍ँगो खेल

काठमाडौँ, २१ साउनः फुलहम इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ। मंगलबार राति इंग्लिस द‍ोस्रो डिभिजनको लिग च्याम्पियनसिपको प्लेअफमा ब्रेन्टफोर्डलाई २/१ गोलले हराएर फुलहम प्रिमियर लिगमा बढुवा भएको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा तीन गोल भयो।फुलहमका लागि जोए ब्रायनले दुवै गोल गरे। ब्रायनले १०५ र ११७ मिनेटमा गोल गरेका थिए।

खेलको अन्त्यमा ब्रेन्टफोर्डका लागि डाल्सगार्डले गोल गरे पनि सान्त्वनामा सिमित बन्यो । जितसँगै फुलहम एक वर्ष पछि नै प्रिमियर लिगमा फर्कन सफल भयो।

माथिल्लो डिभिजनमा फर्केपछि उसले अब टिभी प्रसारण अधिकार र प्रायोजनबाट २० करोड डलरभन्दा बढी प्राप्त गर्नेछ। त्यसैले प्लेअफ खेललाई बिबिसीले विश्वको महँगो खेलको रूपमा चित्रित गरेको थियो।

सम्बन्धित खवर

Back to top button