प्राधिकरणको कार्यकारी निर्देशक घिसिङ पुनः नियुक्त भएको भन्ने समाचार निराधार

काठमाडौं, ९ भदाैः विभिन्न सञ्चारमाध्यममा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएको भन्ने समाचार निराधार रहेको बुझिएको छ । मंगलबार बसिरहेको मन्त्रिपरिषद बैठकमा यसबारे कुनै प्रस्ताव नआएको एक मन्त्रीले बताएका छन् । यसबारे सामाजिक सञ्जाललगायत विभिन्न सञ्चारमाध्यममा आएका समाचार आधारहीन भएको ती मन्त्रीले बताए ।

मन्त्रिपरिषद स्रोतले मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे एजेण्डा नरहेको बताएको छ । ऊर्जा मन्त्रीका निजी सचिव कमान थापा मगरले पनि यसबारे प्रस्ताव नगएको प्रस्ट पारेका छन् ।

कार्यकारी निर्देशक घिसिङको कार्यकाल आगामी भदौ २९ गते सकिँदै छ । उनलाई पुनः सो पदमा ल्याउनुपर्ने माग राख्दै सामाजिक सञ्जालमा सर्वसाधारणले दबाब दिइरहेका छन् ।

घिसिङ नेतृत्वमा आएपछि लोडसेडिङ हटेको मात्र नभएर प्राधिकरण नाफामा समेत गएको भन्दै सर्वसाधारणले उनको पुनर्नियुक्तिको माग गरेका हुन् ।

सम्बन्धित खवर

Back to top button