३७ जना प्रहरीसहित सुदूरपश्चिममा थप ७० जनामा संक्रमण पुष्टि

धनगढी, २५ भाद्रः सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी स्थित सशस्त्र प्रंहरी गणमा कार्यरत ३७ जना प्रहरी सहित विहिवार सुदूरपश्चिम प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिवार सेती प्रादेशीक अस्पताल धनगढीमा गरिएको परिक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार धनगढीमा ५० जनामा संक्रमित पुष्टि भएको छ, ती मध्ये ३७ जना प्रहरी हुन् ।

सशस्त्र प्रहरी गण धनगढीका ३७ जनामा कोरोना संक्रमण भएको सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

उनका अनुसार बिहिवार सम्म सुदूरपश्चिम प्रदेशमा ८३ जनामा संक्रमण पुष्टि भएको छ। हाल सम्म सुदूरपश्चिम प्रदेशका २२ सय ७८ जना प्रहरीको स्वाव परिक्षण गरिएको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १९ जनाको कोरोना परीक्षण भएकोमा ६९ जनामा संक्रमण पुष्टि भएको हो ।कैलालीका ६७ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका मात्रै ५० जनामा संक्रमण पुष्टि भएको हो । ति मध्य ३७ जना नेपाल प्रहरीका रहेका छन् ।

बाँकी मध्य गोदावरी नगरपालिकाका १३ जना, कैलारी गाउँपालिकाका एक जना, चुरे गाउँपालिकाका दुई जना, घोडाघोडी नगरपालिकाका एक जना र कञ्चनपुरको पुर्नवासका दुई जनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताए ।

बिहिवार नै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ । ६१ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

उता डडेल्धुरा अस्पतालमा परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा ९७ जनाको परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ६ हजार तीन सय ८८ पुगेको छ । उनीहरु मध्ये पाँच हजार तीन सय ९४ जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर

Back to top button