मलालाको जीवन उपयोगी प्रेरक भनाईहरु


मलाला युसुफजई पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी कार्यकर्ता हुन् । सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मलाला स्वात उपत्यकामा तालिबानहरुले केटीहरुलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेका कारण चर्चामा आएकी हुन् । अक्टोबर २०१२ मा, मंगलबारको दिनमा करिब सवा १२ बजे स्वात उपत्यकाको कस्बे मिंगोरामा विद्यालयबाट फर्किरहेको समयमा आतंककारीहरुले हमला गरेका थिए । मलालाको जन्म १९९७ मा पाकिस्तानको खबर पख्तुनख्वाह प्रान्तको स्वात जिल्लामा भयो । उनका जीवन उपयोगी प्रेरक भनाईहरु यहाँ साभार गरेका छौ ।
१. तिमीले निर्णयहरु लिनका लागि, तिमि आफु को हौ भनेर देखाउनको लागि, सबैभन्दा पहिले तिमीले आफुलाई चिन्नु महत्वपूर्ण हुन्छ ।
२. मसंग मेरो इच्छा अनुसार बाँच्न पाउने अधिकार हुनुपर्छ ।
३. समस्यासंग जुध्न र युद्दको विरुद्दमा लड्नको लागि बिचारहरुको उत्पादन र ति बिचारहरुको प्रवाह गर्नु राम्रो विकल्प हो ।
४. यहाँ धेरै समस्या छन् र ति समस्या समाधानका उपायहरु पनि छन् । ति समस्या समाधानका उपायहरु भेटिने उचित शिक्षाले नै हो ।
५. यदि तिमीले कसैलाई मार्छौ भने, तिमीले यो प्रमाणित गरिरहेका हुन्छौ कि, तिमीलाई त्यो व्यक्ति देखि डर थियो ।
६. तिमि सधै अरुको सहयोगमा मात्र भर पर्नु हुदैन ।
७. म गोली हानिएको केटीको रुपमा चिनिन चाहन्न । म त्यसको बिरुद्दमा उठेकी केटीको रुपमा चिनिन चाहन्छु ।
८. एउटा डाक्टरले गोली लागेको बिरामीलाई मात्र बचाउन सक्छ । तर राम्रो राजनीतिज्ञले गोली लाग्नबाट लाँखौ मानिसहरुलाई बचाउन सक्छ ।
९. म मेरो डरभन्दा बलियो छु ।
१०. जीवनको हरेक पल महत्वपूर्ण छ । जुनबेला जे पनि हुनसक्छ । जो व्यक्ति त्यो खतरासंग डराएर आफुलाई बाँधेर राख्दैन, त्यो व्यक्ति नै अगाडी बढ्न सक्छ ।
११. म यो बिश्वास गर्छु कि, बन्दुकमा कुनै शक्ति हुदैन ।
१२. मैले मेरो मृत्युलाई नजिकबाट देखिसकेको छु । तर, मृत्युले मेरो उदेश्यमा सघाउन चाह्यो । मृत्युले मलाइ मार्न चाहन्न ।
१३. मानिसहरु भन्छन् कि, मलालाको आवाज बिक्रि भईरहेको छ, तर म भन्छु, मेरो आवाज संसारभर फैलिरहेको छ । तिमीले पहिला यो बुझ कि, मालाला अर्थात मैले के भन्न खोजिरहेको छु ।



अन्य प्रेरक भनाइहरु
प्रेम चुरो*ट जस्तै हो, जुन आगोबाट सुरू भई धुवामा अन्त्य हुन्छ ।
– जर्ज बर्नाड शा
सधै ‘निरासावादी’बाट पैसा सापटी माग किनकी उसले फिर्ता माग्न ‘आशा’ गर्नेछैन ।
– ओस्कार वाइल्ड
एउटा सफल पुरूष उ हो जसले श्रीमतीले गर्ने खर्च भन्दा बढी कमाउछ र सफल महिला उ हो जसले यस्तै श्रीमान पाउछिन् ।
– लाना टर्नर
जस्तो भए पनि बिहे गर, राम्रो श्रीमती मिले खुसी हुनेछौ नराम्रो मिले दार्शनिक ।
– सुकरात
मैले इश्वरसँग बाइक मागेपछी थाहा भो उनले सोझै दिन सक्दैनन्, यसैले मैले बाइक चोरे र क्षमाका लागि प्रार्थना गरे ।
– इमो फिलिप्स
जब एक व्यक्ति भ्रमले ग्रस्त हुन्छ उसलाई पागल भनिन्छ । जब धेरै मानिस भ्रमले ग्रस्त हुन्छन त्यसलाई धर्म भनिन्छ ।
– रोबर्ट प्रिसंग
सत्यले पाइन्ट लगाउदासम्म झुठले संसारको आधा बाटो पार गरिसकेको हुन्छ ।
– सर विन्स्टन चर्चिल
संसारमा दुई चिज अनन्त छन्, एक अन्तरिक्ष र दोश्रो मानविय मूर्खता ।
– अल्बर्ट आइन्स्टाइन
यदि तिम्रो शत्रूले गल्ती गरिरहेको छ भने, उसलाई बाधा नपुर्याउ ।
– नेपोलियन बोनापार्ट
हामीले खेल हारेका होइनौ, मात्र समयमा पूरा गर्न नसकेका हौ ।
– विन्स लोम्बर्डी
हामी सबै पागल हौ । तर जसले आफ्नो पागलपनको व्याख्या गर्न सक्छ उ दार्शनिक कहलाउछ ।
– एम्ब्रोस विर्स
विद्वान मानिसले कहावत बनाउछन् र मूर्खहरूले त्यसलाई पालन गर्छन् ।
– स्यामुयल पाल्मर
सबैभन्दा खतरनाक भोजन विवाहको केक हो ।
– जेम्स थुर्बेर
सरकारी जागिर खानुभन्दा सामुद्रिक डाकु बन्नु महान कार्य हो ।
– स्टिभ जब्स्
शरीरलाई स्वस्थ राख्ने एकै उपाय छ, मनपर्ने नखाउ, मनपर्ने नपिउ र जे छैन त्यो गर ।
– मार्क ट्वेन
राम्रो भाषण महिलाको स्कर्ट जस्तै हुनुपर्छ । मुख्य विषय छोप्नेजतीको लामो र आकर्षण पैदा गर्नेजतीको छोटो ।
– विन्स्टन चर्चील








