नाओमी ओशाका बनिन् युएस ओपन च्याम्पियन

काठमाडाैँ, २८ भाद्रः जापानी खेलाडी नाओमी ओशाका दुई वर्षपछि पुनः युएस ओपन च्याम्पियन बनेकी छन्।

न्यूयोर्कमा भएको फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् ।

सन् २०१८ मा पनि उपाधि जितेकी चौथो बरियताकी २२ वर्षे ओशाकाले बेलारुसकी अजारेन्कालाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् ।

सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकाले पछि त्यसपछि पछि परिन् ।

ओशाकाले खेल जीवनको तेस्रो ग्राण्डसलाम उपाधि जितेकी हुन् । ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् ।

सम्बन्धित खवर

Back to top button