डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा बैतडीका १० सहित ११ जनामा कोरोना पुष्टि

डडेल्धुरा, ८ असोज : डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको ४३ जनाको थ्रोट स्वाव नुमना परीक्षण मध्ये बैतडीका १० जना सहित ११ जनामा संक्रमण पुष्टि भएको छ ।

बैतडीको पुर्चौडी नगरपालिकाका ९ जना, पाटन नगरपालिकाका १ जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको अस्पताल प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले जानकारी दिए ।पछिल्लो २४ घण्टामा ४३ जनाको कोरोना परीक्षण भएकोमा बैतडी र डडेल्धुराका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

जस मध्ये डडेल्धुरा नवदुर्गा गाँउपालिका ४८ बर्षीय संक्रमित पुरुषको भने मृत्यु भईसकेको अस्पताले जनाएको छ । मृतक पुरुषमा भारतबाट नेपाल आउदा कोरोना पुष्टि भएको थियो । उनको डडेल्धुरा अस्पातलमा उपचार गराउन ल्याउदै गर्दा बाटोमै उनको मृत्यु भई सकेको बताए ।

सम्बन्धित खवर

Back to top button