अजरबैजान र अर्मेनियाबीच सीमा यु’द्ध, २३ जनाको ज्यान गयो

पूर्व सोभियत युनियनका दुई देशबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भि’डन्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ । तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ । सन् १९९० को दशकको सुरुमा भएको सीमा भि’डन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो ।

एजेन्सी : अजरबैजान र अर्मेनियाबीच सीमा क्षेत्रलाई लिएर आइतबार भएको भि’डन्तमा कम्तीमा २३ जनाको ज्यान गएको छ ।

पूर्व सोभियत युनियनका दुई देशबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भि’डन्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ । तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ । सन् १९९० को दशकको सुरुमा भएको सीमा भि’डन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो ।

अजरबैजानका राष्ट्रपति इल्हाम एलिइभले आइतबार नागोर्नो–काराबाख क्षेत्रमा आफूहरुको नि’यन्त्रण कायम हुनेमा विश्वस्त रहेको बताएका छन् ।

सम्भावित हिं’सालाई नि’यन्त्रित गर्न भनि अजरबैजानका केही क्षेत्रमा सैन्य कानून लागु गरिएको बिबिसीले उल्लेख गरेको छ । यस्तै अर्मेनिया र नागोर्नो–काराबाख क्षेत्रमा पनि सैन्य कानून लागु भएको छ ।

कोकसेस माउन्टेन क्षेत्रका विगत तीन दशकदेखि बेलाबेलामा भिडन्त हुने गरेको थियो । तर अहिलेको भि’डन्तले सघन रुप लिएको हो । गएको जुलाईमा सीमा क्षेत्रमा भएको भि’डन्तमा कम्तीमा १६ जनाको ज्यान गएको थियो ।

त्यसपछि अजरबैजानको राजधानी बाकुमा वर्षौँ यताकै ठूलो प्रद’र्शन भएको थियो । प्रद’र्शनकारीले नागोर्नो–काराबाख क्षेत्र आफ्नो निय’न्त्रणमा लिन माग गरेका थिए ।

सम्बन्धित खवर

Back to top button