ब्रेन ट्युमर विरामी लााइ समाज सुधार युवा क्लबको आर्थिक सहयोग


कोहलपुर,१ , :- बर्दिया जिल्ला मन्नापुर टपरा वडा न.१ हाल विगत १० बर्ष देखि कोहलपुर नगरपालिका वडा न ११ शान्तिनगर बस्ने ५३ बर्षीया पेमा सुनारको टाउकोमा ब्रेन ट्युमर भइ थला परेको अवस्थामा समाज सुधार युवा क्लबले नगद रु. ५००० (पाँच हजार) सहयोग गरेको छ ।
अध्यक्ष बम बहादुर परियार ,उपाध्यक्ष हरि सागर बिश्वकर्मा ,सञ्जय केसी,सचिब मोतिलाल घर्ती “दिबस”
सह सचीव पार्बती चौधरि,काेषा अध्यक्ष बिजय पुन
सदस्य दिपक शाही लगायत सम्पुर्ण टिमको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।
हाम्रो सानो सहयोगले गर्दा उहाँको उपचारमा एउटा इँटा थपिन्छ भने सक्दो सहयोग गरेको र सबैले सानो- सानो भए पनि सहयोग गर्न क्लवका उपाध्यक्ष हरि सागर विश्वकर्माले अपिल गरेका छन।
क्लव विगत लामो समयदेखि सामाजिक हितमा काम गर्दै आइरहेको छ।











