आज १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १४ असोज : आजको अद्यावधिक विवरण अनुसार नेपालमा १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । मंगलबार मात्रै देशभर १५१३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हाल देशभर सक्रिय संक्रमितकाे संख्या २० हजार ८९१ रहेकाे छ ।

सम्बन्धित खवर

Back to top button