कोरोना संक्रमण अहिलेसम्मकै उच्च


काठमाडौं, १६ असोज : पछिल्लो अद्यावधिक विवरण अनुसार शुक्रबार नेपालमा आजसम्मकै उच्च कोरोना संक्रमित फेला परेको छन् । आज मात्रै २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।



यीसहित हालसम्म संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । बिहिबार मात्रै १९११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । हाल देशभर सक्रिय संक्रमितकाे संख्या २१ हजार २३४ रहेकाे छ ।








