मंगलबार मात्रै कोरोनाबाट ९ जनाको ज्यान गयो

काठमाडौं, २० असोज : कोभिड-१९ का कारण नेपालमा थप ९ जनाको ज्यान गएको छ । योसंगै कोरानाबाट मृ’त्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन्।

जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन्।

सम्बन्धित खवर

Back to top button