५ नम्बर प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी

बुटवल, २० असोज : प्रदेश ५ को नाम र राजधानी टुङ्गो लागेको छ । आज बसेको प्रदेश सभाले प्रदेश लुम्बिनी र स्थायी राजधानी देउखुरी बनाउने टुङ्गो लगाएको हो ।

मंगलबार स्थायी राजधानीका लागि लगिएकाे प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको हाे । प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो।

जसमा स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेकाे छ भने प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ ।

सम्बन्धित खवर

Back to top button