जीप दु’र्घटनामा वडाध्यक्ष सहित ६ को मृ’त्यु, १ बेप’त्ता(अपडेट)



जाजरकोट, २२ असोज : जाजरकोट जुनीचाँदेको मुसामार्ना भन्ने स्थानमा जीप दु’र्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको ज्यान गएको छ भने एक जना बे’पत्ता भएका छन्। एक जना ग’म्भीर घा’इते भएका छन्। बुधबार दिउँसो साढे १ बजेतिर जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ मुसामार्नामा दु’घर्टना हुँदा ६ जनाको ज्यान गएको हो।
प्रहरीका अनुसार ज्यान गुमाउनेहरुमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही, लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाहीको रहेका छन्। त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र मटेलाकी २५ वर्षीया मालिका बस्नेतको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए।



एक जना सुवागाड खोलामा बे’पत्ता भएका छन्। वडा नम्बर ११ का नरबहादुर बुढा ग’म्भीर घा’इते भएका छन्। उनको उपचारका लागि सुर्खेत पुर्याइएको छ । देउती नर्सिङ होममा उनको उपचार भैरहेको छ । मुसामार्नाबाट ख’सेको जीप करीव ५ सय मिटर तल रहेको सुवा गाडमा परेको थियो। अहिले जीप खोलामै छ। शव निकाल्ने काम भैरहेको छ । बेप’त्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जीप चालक गोरख बस्नेत फरार रहेका छन्। घटनास्थल सदरमुकाम खलंगादेखि २० कोष पश्चिममा पर्दछ।








