पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना पोजेटिभ


काठमाडौं, २४ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोराना पोजेटिभ भएको छ । सामान्य कोरोनाको लक्षण देखिएपछि टेस्ट गर्दा पर्यटन मन्त्री भट्टराईलाई कोरोना पोजेटिभ देखिएको हो ।
उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई कुनै समस्या देखिए कोरोना टेस्ट गरि ढुक्क हुन अनुरोध गरेका छन् ।



उनले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै भनेका छन्, “गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?”
https://www.facebook.com/yogeshbhattarai.ncp/posts/3662961613716055








