अनैतिक गतिविधि गरेको आरोपमा सञ्चालकसहित १४ जना पक्राउ

भक्तपुर  २५, २०७७ असोज  : महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस  सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ। ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको हो। महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेष्ट हाउसमा छापा मारी सात महिलालगायतलाई पक्राउ गरिएको जानकारी दिए।यसैबीच शनिबार नै चिया पसलमा दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा एक लाख नौ हजार ३०० रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।

सम्बन्धित खवर

Back to top button