भीरबाट लडेर २४ वर्षीय युवतीको ज्यान गयो


जाजरकोट, २६ असोज : जिल्लाको बारेकोट गाउँपालिका-६, ताँसीमा भीरबाट लडेर एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ताँसीकी २४ बर्षीय अप्सरा बि.क रहेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार, कार्कीगाउँ नजिकै पर्ने धनिखोलाको पाल्नपट्टी घाँस काट्दै गर्दा लडेकी हुन् । करिब दिउँसो १ बजेतिर घटना भएको स्थानीयले बताए । लडेपछी घाइते भएककी अप्सरालाई उपचारका लागि लिंदै गर्दा बारेकोट १-५ को सिमानामा पर्ने काउँलीमा करिब ४ बजे मृत्यु स्थानीयहरुको भनाई रहेको छ ।











