अजयमेरु गाउँपालिकामा जिल्लामै नभएको सुपथ मुल्य पसल सञ्चालन

डडेल्धुरा,०१ कार्तिक : डडेल्धुराको अजयमेरु गाउँपालिकाले शविनबार घटस्थापनाको दिनदेखि दशैँसम्म सुपथ मुल्य पसल संचालन गरेको छ । चाडपर्वको समयमा बढी खपत हुने सामाग्रीहरुको बजार मुल्य बढी हुने भएकोले गाउँपालिका भित्रका सर्वसधारणहरुलाई राहत दिने उद्धेश्यले सुपथ मुल्य पसल संचालन गरेको अजयमेरु गाउपालिका अध्यक्ष उमेश भट्टले बताएका छन् ।                                                                                        उनले भने, प्रति परिवारले दशैँसम्म एक पटक मात्रै सुपथ मुल्य पसलबाट सामाग्री खरिद गर्न पाउने व्यवस्था गरेका छौँ, दशैँपछि तिहार तथा छठ पर्वसम्म पनि सुपथ मुल्य पसल संचालन गर्ने तयारी रहेको छ वडास्तरमै सुपथ मुल्य पसल संचालनमा आएपछि स्थानीय सर्वसाधारणहरुले सस्तो मुल्यमा सामाग्रीहरु खरिद गर्न पाएको अजयमेरु २ का स्थानीय खडक शाहले बताएका छन् ।                    
वटै वडा कार्यालयहरुमा संचालन गरिएको सुपथ मुल्य पसलबाट अजयमेरु गाउँपालिका सर्वसाधारणहरुले ५ किलोग्राम चिनी, एक किलोग्राम आयोडिन नुन, १ लिटर, खानेतेल, ५ वटा नुहाउने साबुन र १० बटा लुगा धुने साबुन सपथ मुल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको अजयमेरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटाले बताएका छन् ।

सम्बन्धित खवर

Back to top button