नेपाली मौलिक टप्पा गीत सार्वजनिक

काठमाडौं, ७ कार्तिक : दशैंको समयमा नेपाली मौलिक लोकटप्पा सार्वजनिक भएको छ । विशेषगरी कर्णाली प्रदेशतिर गाइने मौलिक लोक टप्पा सडक मिडियाद्वारा सार्वजनिक गरिएको हो ।

सुन्दर शब्दमा मधु बाबु गाैतमले पश्चिम रुकुमको चौरजहारी सेरोफेरोलाई गीत मार्फत उजागर गरेका छन्  । प्रस्तुत गीतमा चर्चित गायक तथा मोडल जय देबकोटा तथा गायिका सीता केसीले स्वर भरेका छन् ।

गाैतमको लय तथा शब्द रचना रहेको माैलिक टप्पा गीतको रेकर्डिङ कर्ण सञ्ज्यालले गरेका छन् । यस्तै सञ्जय शेरिपालले एरेन्ज गरेका छन् । गीतमा स्थानीय लोक संस्कृति झल्किने नृत्य देख्न सकिन्छ ।

हेर्नुस् भिडियो https://youtu.be/tYbr2J6thnk

 

सम्बन्धित खवर

Back to top button