साउदी अरेबियाको नयाँ नोटमा भारतको आपत्ति

काठमाडाैँ, १५ कार्तिक :  विश्वको नक्सासहितको साउदी अरेबियाको नयाँ नोटलाई लिएर भारत र साउदी अरेबियाबीचको सम्बन्ध चिसिएको छ । २० साउदी रियालको नोट अक्टोबर २४ मा जारी भएको हो ।

सो नोटमा रहेको विश्वको नक्सामा जम्मू–कश्मीर र लद्दाखलाई भारतको युनियन टेरिटोरीका रुपमा नभई भिन्दै क्षेत्रमा रुपमा प्रस्तुत गरिएको भन्दै भारतले विरोध गरेको हो ।

भारतले यसमा गम्भीर चासो व्यक्त गरी तत्काल सुधारात्मक कदम चाल्न साउदी अरेबियासँग आग्रह गरेको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बताएका छन् ।

जम्मू–कश्मीर र लद्दाख भारतकै सार्वभौम क्षेत्र रहेको भन्दै विदेश मन्त्रालयले दिल्लीस्थिथत साउदी दूतावास तथा रियादस्थित भारतीय दूतावास मार्फत चासो व्यक्त गरेको हो । जी–२० मा साउदी अरेबियाको अध्यक्षतालाई ‘सेलिब्रेट’ गर्न सो नोट जारी गरिएको थियो ।

सम्बन्धित खवर

Back to top button