सामाजिकअभियन्ता लिला सुनार र लोकदोहोरी गाइका बिष्णु खत्रीको जन्मदिनको नयाँ अभियान।

कोहलपुर १६ कार्तिक:- सामाजिक कार्यमा सक्रिय रहदै आएकि सामाजिक अभियन्ता लिला सुनारले आफ्नोे जन्मदिनको अवसरमा गरिब, बिपन्न तथा असहाय २५ जना बालबालिका हरुलाइ स्कुले झोला वितरण गरेकीछन् । सयौं गितमा समधुर आवज भरि सकेकी निकै सालिन र उधमशिल गाइका बिष्णु खत्री क्षेत्रीको आर्थिक सहयोगमा उक्त झोला वितरण गरिएको हो । सामाजका दुखि ,गरिव हरुको अवस्थाले आफु लगायत सिङ्गो नेपाली समाजलाइ नै विवस बनाएको अवस्थामा प्रत्येक हुनेखानेहरुले हुदा खानेलाइ कम्तिमा बर्षमा एकपटक मात्र सहयोग गरेर सामाजिक हितका निम्ति योगदान गरुन र बिषेश गरि भड्काउलो र निकै खर्चिलो गरि जन्मदिन मनाउने साङ्गीतिक क्षेत्रका कलाकारहरुले पनि यो संस्कार बसालौन भनेर पनि आफुले आफ्नो जन्मदिनमा छुट्एको रकमले सहयोग गरेको गाएका विष्णुले बताइन्।

यस्तै सामाजिक अभियन्ता लिला सुनार लामो समय देखि सक्रिय सामाजिक सेवामा लागेकी रहेकी छन । उनि विभिन्न चाडपर्व र बिषम परिस्थिति सक्दो सहयोग र उद्धारमा लागिरहेकी छन । सामान्य परिवारमा जन्मेकी लिलाको सामाजिक सक्रियतामा उनका छर छिमेकले पनि निकै साथ दिइरहेका छन् । उनको अध्यक्षता बनेको महिला तथा बालबालिका संरक्षण केन्द्रमा अहिले स्थानीय तथा युवा सामाज सेवीहरुको जमात बडेको छ । उनि लगायत सामाजिक अभियन्ता दिक्षा बि. सी, हिरा सुनार, सुस्मा परियार ,उशा बिक लगायत सक्रिय सामाजिक सेवामा लागेका छन् ।
संयुक्त सहयोग र लिलाको जन्मदिनमा पत्रकार , समाजसेवी , लगायत राजनितिज्ञहरुको पनि उपस्थिति रहेको थियो । सहभागीहरुले जन्मदिन मनाउने चलन नयाँ र उदाहरणिय भएको भन्दै आभार प्रकट गरेका थिए ।

सम्बन्धित खवर

Back to top button