संघ–संस्थाकै अनुमतिमा खुल्ला ठाउँमा नि:शुल्क भोजन गराउँदै

काठमाडौं २०७७ ३, मंसिर : नि:शुल्क भोजनका लागि महानगरले प्रसूतिगृह नजिकैको खुला ठाउँ दियो काठमाडौं महानगरपालिका र खुलामञ्चमा नि:शुल्क भोजन गराउँदै आएका संस्थाहरू बीचको सहमतिअनुसार नै आजबाट उनीहरूलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीनजिकैको खुल्ला ठाउँमा भोजन गराउने कार्य सुरु भएको छ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार पहिला जसरी नै खुलामञ्चमा नि:शुल्क भोजनका लागि आएका असहाय, अशक्त हरुलाई भोजन गराउने संघ–संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालनजिक रहेको खुला ठाउँमा  खानाको व्यवस्था गरेको हो।

काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारीरिक रूपमा काम गर्न नसक्ने महानगरवासीलाई महानगरपालिकाको सहकार्यमा सञ्चा‍लित मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराएको भन्दै त्यस्ता नागरिकलाई नजिकका वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिल समेत गर्दै आएको छ।

नगरप्रमुख विद्यासुन्दर शाक्यले  पूर्व, उत्तर, दक्षिण पायक पर्ने पाँच–छ ठाउँमा व्यवस्था गर्न निर्देशन दिएको उनले जानकारी दिए। खुलामञ्च जस्तो दुर्घटनाको डर पनि नहुने र  धुलो, धुवा पनि नहुने सापकोटाको भन्ने भनाइ छ।

दुई दिनअघि मात्रै खुलामञ्चनजिकै, भद्रकाली र लाजिम्पाट आसपासबाट काठमाडौं महानरपालिकाको सहकार्यमा मानव सेवा आश्रमले पाँच जनाको उद्दार गरेको जानकारी पनि सापकोटाले बताए।

 महानगरपालिकाले सार्वजनिक यातायात सुचारु भएको, सार्वजनिकस्थलहरुमा भिडभाड बढेको, स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समेत जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गर्दै आएको छ।

सम्बन्धित खवर

Back to top button