कांग्रेस सांसद पाण्डेले आज सपथ लिने

काठमाडौं ८ मंसिर :  कांग्रेसका तर्फबाट रिक्त रहेको प्रतिनिधिसभा समानुपातिक सदस्यमा स्याङ्जाका मोहनप्रसाद पाण्डेलाई  दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले सथप खुवाउने कार्यक्रम रहेको सापकोटाको सचिवालयले जनाएको छ। 

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि रिक्त रहेको पदमा केसी खस आर्य कोटाबाट समानुपातिक सदस्यमा कांग्रेसले पाण्डेको नाम सिफारिस गरेको छ। पाण्डे यसअघि पहिलो संविधानसभा सदस्यमा स्याङ्जा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। 

सम्बन्धित खवर

Back to top button