तपाइको सपना बर्बाद गर्न लागीरहेको छ त्यो एउटै व्यक्ती हो जो आफ्नो सपना पूरा गर्न सकेन।

काठमाडौँ,२७ मंसिर:- एउटा सानो बच्चा एकदमै गरीब झुपडीमा बस्थ्यो । एकदिन स्कुलमा टिचरले उसलाई लेख बनाउनको लागि भन्यो र त्यो लेखको टाइटल थियो ” मेरो सपना ”

बच्चा झुपडिमा बसेर बाबजुद पनि उनले यस्तो सपना लेख्यो ” म पचास वटा घोडा किन्ने छु अरब देशबाट , दस करोडको महल बनाउछु त्यसमा स्वीमिङ्ग पुल हुन्छ र घोडाहरुको लागि अलग स्वीमिङ्ग पुन हुनेछ । सात वटा विभागमा फ्याक्ट्री खोल्छु र यस्तै गरेर उनले सात आठ वटा सपनाको बारेमा लेख लेख्यो र टिचर भएको ठाउँमा गयो ।

टिचरले लेख देख्यो र भन्यो ” छोरा लेख त एकदमै राम्रो छ तर जुन माहोलमा , परिवारमा तिमी बस्छौ त्यो माहोलको हिसाबले यो सपना पूरा हुन सक्दैन बरु तिमी एउटा काम गर यो लेखलाई बदलिदेउ र यस्तो सपना लेख ” कि म एक सानो तिनो एउटा फ्लाट बनाउछु , एक टि भी लिनेछु जसमा एन्टिना घुमाइदै रहु , एउटा सानो पोखरी बनाउछु , यस्तै यस्तै पाँच दश वटा सपना बनाइहाल ।

तर बच्चाको हिम्मत हेर्नुस ऊ आफ्नो घर गयो र त्यसको आमा जो भाडा माझ्ने काम गर्छिन जो अर्काको घर घरमा गएर लुगा धुने काम गर्छिन उनलाई भनिन ” आमा मैले एउटा लेख बनाएको थिए , जसमा पचास वटा घोडा , दश करोडको महल , त्यसमा स्वीमिङ्ग पुल अलग्गै , मेरो स्वीमिङ्ग पुल अलग्गै , घोडाको अलग्गै । एउटा बम प्रुफ कार चाहिन्छ तर टिचरले भन्नुभयो यो सपना बदलिदेउ र यो बनाउ । यो मेरो दिलले स्वीकार गरेन तपाइको के सल्लाह छ ? तपाइको के विचार छ ?

अनपढ आमा , कपडा धुन्छिन , भाडाकुडा साफ गर्छिन , उसको आमाले भनिन ” छोरा यदि तलाई आफ्नो सपनामा विश्वास छ भने यो लेख कहिल्यै नबदल्नु । चाहे तलाई त्यो टिचरले मार्क्स दिओस न दिओस । त आफ्नो सपनालाई कहिल्यै नबदल्नु ।

तर आमा मैले आफ्नो लेख बदलिन भने टिचरले मार्क्स दिनुहुन्न । अनि आमाले भनिन ” तिम्रो टिचरलाई गएर भनिदेउ कि उ आफ्नो मार्क्स आफ्नो ठाउमा राखोस र मेरो आफ्नो सपना म आफ्नो ठाउमा राख्छु । अर्को दिन बच्चा स्कुलमा गयो र भन्यो ” सर ! आमाले भन्नुभयो म लेख बदल्न सक्दिन । तर टिचरले भन्यो ” म मार्क्स दिन्न ” तब त्यो बच्चाले भन्यो सर ! तपाइको मार्क्स आफ्नो ठाउमा राख्नुस र मेरो सपना म आफ्नो ठाउमा राख्छु ।

पच्चिस वर्षपछी त्यस बच्चाले अरब बाट पचास वटा घोडा किन्यो , दश करोडको महल बनायो , स्वीमिङ्ग पुल बनायो , बम प्रुफ कार किन्यो र सात वटा फ्याक्ट्री पनि खोल्यो अनि त्यो फ्याक्ट्रीको उदघाटनको लागि फिता काट्न त्यो बच्चाले त्यही टिचरलाई बोलायो , टिचरलाई यो कुरा थाहा थिएन कि यो युवक त्यही बच्चा थियो भनेर । जब टिचरले फिता काट्यो र हातमा माइक्रोफोने दियो अनि भन्यो सर ! तपाईं केहि भनिदिनुस सपनाको बारेमा ।

टिचरले भन्यो ” हेर सपना देख्नु एकदम राम्रो कुरा हो , हरेकले सपना देख्नुपर्दछ । ठूलो ठूलो सपना देख्नुपर्दछ । म यो युवकलाई धन्यवाद दिन चाहन्छु । यसले ठूलो सपना देख्यो ।

सबैले ताली बजाए र त्यो युवक( बच्चा ) माइक्रोफोन हातमा लियो र भन्यो ” म आफ्नो परिचय त दि दिउ , म त्यही बच्चा हु जो पच्चिस साल पहिले जो तपाइको अगाडि लेख लिएर आएको थियो र तपाइले भन्नुभएको थियो यो सपना कहिल्यै पूरा हुन सक्दैन । फेरि तपाइले भन्नुभएको थियो म मार्क्स दिन्न अनि मैले भनेको थिए कि तपाईं आफ्नो मार्क्स आफ्नो ठाउमा राख्नुस र म आफ्नो सपना आफ्नो ठाउमा राख्छु ।

म त्यही युवक हु सर ! टिचरको आखामा आँसु आयो र माइक्रोफोन हातमा लिदै भन्यो ” म आज केही भन्न चाहन्छु , मैले यस्तै हजारौ केटाकेटिहरुलाई डिमोटिभेटेड गरेको छु , उनिहरुको सपनालाई बर्बाद पारेको छु , एउटा मात्र हजारौ केस छन किनकी मेरो सपना पूरा भएन त्यसैले ।
याद राख्नुहोला जो तपाइको सपना बर्बाद गर्न लागीरहेको छ त्यो एउटै व्यक्ती हो जो आफ्नो सपना पूरा गर्न सकेन ।

सम्बन्धित खवर

Back to top button