कांग्रेस कसैसंग सहकार्य गर्दैनः सभापति देउवा


काठमाडौं, १३ पौष : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारविरुद्धको प्रदर्शनमा र निर्वाचनमा कांग्रेस एक्लै जाने बताएका छन्।
संसद विघटनको विरुद्ध नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले आयोजा गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।











