प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

दिपेन्द्र थापा मगर

काठमाडौ ०२ माघ : पर्वतको फलेबास नगरपालिका–शंकरपोखरीमा शहीद हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई बिहीवार सम्बोधन गर्दै नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय अदालतले प्रतिनिधिसभा विघटनको मुद्दालाई सदर गरेको खण्डमा बैशाखमा निर्वाचन नहुने आशंका बढेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गरेर बैशाखमा निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा सदर भयो र बैशाखमा निर्वाचन भएन भने जनताले अब ओलीलाई छोड्दैनन् । उनी नेपाल देशमा बस्न सक्ने स्थिति रहँदैन,’ सभापति देउवाले भने । संसद विघटन गरेर असंवैधानिक काम गरेको आरोप खेपिरहेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सभापति देउवाले निशाना प्रहार गरे ।                                                देउवाले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अदालतलाई नै प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएका छन् । सभापति देउवाले अदालतलाई आफ्नो विवेक प्रयोग गर्न वञ्चित गराउने, प्रभावित पार्ने ढंगले कसैले पनि अभिव्यक्ति दिन नहुने बताए । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे बोल्न नमिल्ने बताउँदै देउवाले ओली न्यायिक स्वतन्त्रताको खिलापमा उत्रिएको आरोप लगाएका छन् ।

देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाए । ‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?’ सभापति देउवाले सोधे।

‘अदालतमा विचाराधीन मुद्दामा ओलीले यो गर र त्यो गर भन्दै हिँडेका छन्, संविधानको व्याख्या गर्ने अधिकार अदालतको हो,’ सभापति देउवाले भने ।अदालतलाई प्रभावमा पार्न खोजेमा हिसाबकिताब जनताले गर्ने देउवाको दाबी छ । ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हुन् । सर्वोच्चलाई प्रभावित पार्न खोजे जनताले सजाय दिनेछन्,’ देउवाले भने ।देउवाले कांग्रेस विधिको शासन मान्ने र संस्कार बोकेको पार्टी भएकाले सडकबाट अदालतको विरोध नगर्ने र अदालतको निर्णयको पर्खाइमा रहेको समेत बताएका छन् ।

सम्बन्धित खवर

Back to top button