जाजरकोटमा सोलार र चुलो बितरण गर्ने भनी ठग्न पुगेका ४ जना युवाहरु पक्राउ


दिपेन्द्र थापा मगर
जाजरकोट१८माघ:जाजरकोट जिल्ला नलगाढ नगरपालिकाको विभिन्न वडाहरुमा नक्कली कागजात बनाएर सौर्य उर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै रकम संकलन गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका ९ स्थायी ठेगाना भइ हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने बर्ष २६ का यज्ञप्रसाद रेग्मी, सोही ठाँउका ३३ बर्षिय लक्ष्मीप्रसाद हमाल र जाजरकोट बारेकोट १ रामीडाँडा निवासी ४० बर्षका हरिचन्द्र बस्नेत सोही ठाँउका ३३ बर्षिय मानबहादुर महतारा रहेको जाजरकोट जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताएका छन उनिहरुला नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

नलगाड नगरपालिकाले ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरणका लागि अनुमति दिएको थियो । नगरको अनमुति अनुसार वडाध्यक्षहरुले नै अतिविपन्न परिवारका लागि ८० वाट क्षमताको सौर्य उर्जा र ३५ केजी तौलको सुधारिएको चुलो जडान गरिदिने भन्दै प्रत्येक घरधुरीबाट तीन हजार सात सय ५० रुपैया संकलन गरेका थिए ।
सोलार र चुलोको मुल्य २५ हजार पर्ने भएपनि २१ हजार दुई सय पचार बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र ग्रामिण विकास तथा क्लीन इन्भरमेन्टले ब्यहोर्ने भन्दैै झुक्याएका थिए । उनिहरुले हाल रु.३७५० मात्र मा सम्पुर्ण सामान दिने भन्दै रकम असुलेका थिय।यहि सन्दर्भमा पनि वडाध्यक्षहरुले आफू निकटको ब्यक्तिहरुलाइ मात्र जानकारी दिदै फारम भर्न लगाएपछी बल्ल अरु स्थानीयले थाहा पाई खोजी गर्दा यो सबै खुलेको थियो।
उनिहरुले त्यो सस्थाको बारेमा बुझ्न खोज्दा सस्थाको प्यान नम्बर समाज कल्याण परिषदमा आबद्ध नम्बर जस्ता बैधानिक केही नभेटेपछि यसको बारेमा जानकारी लिन खोजिएको थियो।तर वडाध्यक्षहरुले नगद बुझेको नगदी रसिद नदिएर सामान बुझेको भरपाई गराएका थिए । एउटै वडाबाट ६ लाख रुपैया सम्म संकलन भैसकेको स्थानियको भनाई छ ।
नलगाडका १३ वटै वडाबाट संकलन गरिएको रकम वडाध्यक्ष मार्फत उक्त संस्थालाई बैक मार्फत पठाउने फारम भरेको ४५ दिन भित्र समान उपलब्ध गराउने उल्लेख गरिएको थियो । भरपाई लगायतका कुरामा समेत संकास्पद देखिएपछि उनीहरुको ठगि धन्दा सार्वजनिक भएको हो । नगरपालिकाले समेत संस्थाको आधिकारिकता बुझ्दै नबुझी अनुमति दिएकोले आफुहरु ठगिमा परेको स्थानियको भनाई छ ।

आफ्नो संस्थाको नाम जोडेर रकम संकलन गरिरहेको जानकारी पाएपछि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले आइतवार एक विज्ञप्ती प्रकाशित गरि केन्द्रको कुनै सहकार्य, समन्वय र साझेदारी नरहेको स्पष्ट पारेको छ । केन्द्रका नायव कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज ढकालले अनाधिकृत दुष्प्रचार र गलत कार्य गर्ने संस्था सँग सजग रहन आग्रह गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल नामक संस्थाले अनाधिकृत रुपमा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र सँगको सहकार्य रहेको दुष्प्रयास गदै जाजरकोट लगायतका केही जिल्लाका विभिन्न समुदाय, घरधुरीबाट सौर्य उर्जा र सुधारिएको चुलो जडानको लागि अमन इन्टेरियर एण्ड डेकोरेशन विजनेश ग्रुप नामक संस्थालाई जिम्मेवारी दिइएको भनी रकम संकलन गरेको जानकारी प्राप्त भएकोले उक्त सँस्था सँग यस बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कुनै समन्वय, सहकार्य र साझेदारी नरहेको तथ्य सवै सरोकारवालाहरुलाई जानकारी गराउँदछौ ।’
संस्थाको प्यान नम्बर,समाज कल्यान परिषदमा आबद्द नम्बर कुनैपनी आधिकारिकता प्रमाणहरु बैधानिकता ख्याल नगरि नगरपालिकाले सिफारिस गर्ने,वडाले सर्कुलर गर्ने भन्दै कुनै सत्यथा नभएकेा जानकारि प्राप्त भएकाले बैाद्दिक लुटेरा,संस्थागत लुटेराहरुबाट सचेत हुन स्थानीय बुद्धिजीवी हरुले अपिल गरेका छन।













