जाजरकोटमा सोलार र चुलो बितरण अभियानमा वडाध्यक्षले हस्ताक्षर गरि रकम अशुल्दै

सुर्खेत १८माघ । जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ३ का वडाअध्यक्ष प्रचण्ड वलीले बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले अनुमति नदिएरै ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपालको नक्कलि प्रमाण जुटाएर रकम अशुल्ने काम गरिहेका छन् ।उनले आम सर्वसाधारण लाई सोलार चुलो लिन २५ हजार रकम लाग्ने तर बिपन्न परिवारलाई छुट भएर फार्रम संकलनमा ३७ सय ५० रुपैयाँ मात्र उपलव्ध गराई फार्रम संकलन गर्न आम जनतालाई अपिल गरेका छन् । लेखापाल ले भर्पाइ गर्नुपर्नेभएपनी वडाध्यक्ष आफैले हस्ताक्षर गरेर रकम संकलन गरेको पाइएको छ।
यसमा आवश्यक चाहिने नेपाली नगरिता नंम्वर बुवा आमाको नाम सहित फार्रम भर्न वडाअध्यक्ष वलीले फेसवुक मार्फत जानकारी दिएका छन् ।  नलगाड नगरपालिका वडा नं १ देखि १३ सम्मका लागि अति विपन्न समुदायलाई लक्षित गरिएको भन्दै, ८० वाडबाट ५० एयान, १० एयान चार्ज कन्ट्रोल सोलार सुधारिएको चुलो ३५ केजी हुने बताइएको छ ।
उक्त कार्य बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ले ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपालसङ्ग कुनैपनी सम्झौता नभएको  उर्जा प्रवद्र्धन केन्द्रले यो कार्य गरि विभिन्न गाउँठाउँका नागरिकलाई छल्दै रकम अशुल्ने हुदा यस्मा सचेत रहन आमसर्वसाधरण लाई विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।  भन्दै सचेत रहन बिज्ञप्ति लेखेको छ।  उक्त कार्यमा संलग्न ४ जनालाइ भने स्थानीय थाहा पाइसकेपछी भाग्दै गरेको क्रममा प्रहरीले पक्राउ गरेको छ। उनिहरुको अहिले जिल्ला प्रहरी कार्यालय जाजरकोटले छानबिन गरिरहेको छ।

सम्बन्धित खवर

Back to top button