३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

दिपेन्द्र थापा मगर
जाजरकोट ६ फागुन : जाजरकोट जिल्ला शिवालय गाउँपालिका मा DM online TV ले त्यहाको शिक्षा ,स्वास्थ्य, बिकास निर्माणको कामहरु कस्तो भैरहेको छ भन्ने सन्दर्भमा रिपोर्टिङ लिन गएको थियो। त्यसैबेला शिवालय गाउँपालिका वडा नं १ मा पुगि वडाध्यक्ष मान पुन सङ्ग केही कुराकानी गरेको थियो। सोही क्रममा तपाईंले यो ४ बर्ष कार्यकालमा केके काम गर्नुभयो भन्ने प्रश्नमा उहाको उत्तर यस्तो रहेको छ।
शिवालय गाउँपालिका वडा नं १ मा म निर्बाचित भैसकेपछी मैले मेरो वडालाइ ३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु। मैले निर्बाचित भएपछि सबैभन्दा उत्कृष्ट  पहिलो काम खानेपानी दोस्रो काम बाटो र तेस्रो काम बिजुली मा गरेजस्तो लागेको छ। मेरो वडा बिकासको रूपमा सम्पन्न भएको छ।
सामाजिक सञ्जाल मा तपाईंलाई आएको प्रश्न के हो? वडाध्यक्ष तपाईंको छोराले सम्हाल्नुभएको छ भन्ने सूनिन्छ के तपाईंले सम्हाल्न नसक्नुभएको हो? भन्ने प्रश्न लाई उनले यो सरासर गलत हो । मेरो छोराले अहिलेसम्म त्यस्तो काम गरेको छैन । २ वटा छाप हुन्छ मेरो एउटा अफिसमा एउटा मसङ्ग।कुनैबेलाबखतमा केही लेख्न पठाएको छु त्यो काम गर्न पाउछ।
मेरो वडा मैले सोचेजस्तो नमुना बनेको छ । यहि फागुन १७ गते शिवालय गाउँपालिकाको नमुना वडाको रुपमा मेरो वडालाइ घोषणा गर्न लागेको छु। शिक्षाको क्षेत्रमा अस्थायी मान्यता प्राप्त गरेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अहिले शिवालय गाउँपालिकाको उत्कृष्ट विद्यालय मा पर्ने पनि उनको ठम्याइ छ।सोही विद्यालय को आफू विद्यालय ब्यबस्थापन अध्यक्ष समेत रहेको उनले जानकारी दिएका छन। बाकी कुराकानी को भिडियो हेर्न तलको लिङ्कलाइ केही समय क्लिक गर्नुहोस।अथवा DM ONLINE TV लाई सर्च गरि हेर्न सक्नुहुनेछ।https://youtu.be/G4RKu37UNGE

सम्बन्धित खवर

Back to top button