जुम्ला हिमागाउँपालिकाका १६ घर धुरी पहिरोको जोखिममा।


हिमागाउँपालिकाका १६ घर धुरी पहिरोको जोखिममा।
हिमा गाउँपालिकाका १६ घर पहिरोको जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिमा गाउँपालिका–६ को खलढुङ्गा, डाँडाबाँडा र अर्को एक गाउँका गरी १६ घर पहिरोको जोखिममा परेका हुन् । पहिरोको जोखिममा रहेका १६ घरका ११७ जनालाई आफन्तको घरमा सारिएको प्रहरीले जनाएको छ । स्थानीय सूर्य अधिकारीका अनुसार लगातारको वर्षाका कारण बारी र घरहरु भत्किन थालेपछि उनीहरु विस्थापित भएका हु्न् । बस्तीलाई एक वर्ष अगावै दीर्घकालीन रुपमा सुरक्षित ठाउँमा सानुपर्ने भनिए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बस्तीका मानिसलाई तत्कालका लागि सुरक्षित ठाउँमा सारिएको जानकारी दिनुभयो । तर बस्ती पहिरोको जोखिममा रहेकाले दीर्घ











