सल्यान जिल्लामा चोरी भएको रा ६ प ५४४० को २२० मोटरसाइकल एक स्थानीयको घरमा फेला परेको छ। चोरको बारेमा अनुसन्धान चलिरहेको


दिलबिक्रम शाही
सल्यान २२ साउन : सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका १ मयानीका झक्कु के.सी काे रा ६ प ५४४० नम्बरकाे २२० सि .सि पल्सर माेटरसाइकल २०७८ साउन २० गते बुधबार राती घर बाटै चाेरी भएको थियो।
मोटरसाइकल घरधनीले उक्त मोटरसाइकल साझ घरको आगनमा ल्याएर राखेको र बिहान् उठदा आफुले नदेखेपछि कसले लग्यो भनी गाउँलेहरुलाई र प्रहरीलाई खबर गरेको सम्बन्धित घर धनिले बताएका छन।
मोटरसाइकल खोजितलासी गर्दै जादा बिहीबार दिउसो बागचाैर नगरपालिका वडा नम्बर ५ रावत गाउँमा उदिराम रावतको घरमा प्लास्टिकले छाेपेर लुकाइ छिपाइ राखेकाे अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेपछी बिहिवार दिउँसो भेटिएको छ।
बिहिवार दिउँसो घटनाको संकास्पद मानिएका बाङ्गेलाखुरी ग्यारेजमा काम गर्ने प्रकाश बि.क लाई अनुसन्धानको लागि ईलाका ट्राफिक प्रहरी कार्यलयले नियन्त्रणमा लिएको थियो!आज शुक्रबार नियन्त्रणमा रहेको प्रकाश बि क लाई छानबिनको लागि सोधपुछ गर्दा उक्त चोरीमा आफुसङ्गै थप २-३ जना अन्य ब्यक्तिहरुपनी संलग्न रहेको प्रकाश बि.क ले बताएका छन् !उक्त फरार ब्यक्तिहरुको खोजी कार्य चलिरहेको ईलाका ट्राफिक कार्यालय थारमारेका इन्चार्ज विरेन्द्र कठायतले जानकारी दिएका छन। हाल चोरि मोटरसाइकल ईलाका ट्राफिक कार्यालय थारमारेमा राखिएको छ।







