नेविसंघका नेता केसीद्धारा महाधिवेशन प्रतिनिधिमा दावी


जाजरकोट ११ भाद्र । नेपाली कांग्रेससको १४ औ महाधिवेशनमा नेविसंघका युवा नेता पारश विक्रम केसीले महाधिवेशन प्रतिनिधीमा उम्मेद्धारी घोषण गरेका छन् । नजिकिदै गरेको महाधिवेशनमा आफु कुन जिम्मेवारी र पदमा गएर नेतृत्व लिने भन्ने विषयकमा अहिले चर्चा चलिरहेको छ।
आफ्नो–आफ्नो पक्षमा महाधिवेशनको नतिजा आफनो पोल्टोमा पर्न बुढा नेता मात्र होइनन् युवा पनि जुरमुराएको देखिन्छ । नेपाली कांग्रेसलाई राष्ट्रको बलियो र लोकतान्त्रिक जिम्मेवार असल बनाउन र बिकास निर्माणका साथै जनताको हितमा काम गर्ने पाटी बनाउने जिम्मेवारी युवाको काँधमा आएको छ ।



युवा पुस्ताले अहिलेको केन्द्रिय नेतृत्व छान्न पाए भने कांग्रेस पाटिमा असल ब्याक्ती नेतृत्वमा आउने संभावना प्रबल देखिन्छ । त्यसकारण अबको १४ औ महाधिवेशन प्रतिनिधि युवा नै हुनुपर्छ भन्ने मान्यता जाजरकोट जिल्ला सुशील कोइराला सोसलिस्ट युथ सर्कल जिल्ला अध्यक्ष र सामाजिक लोकतन्त्र अध्यान केन्द्र जाजरकोटका सचीव समेत रहेका र केसि बताउछन् ।
केसि कम्युनिष्ट पाटिको राजनीति पृष्ठभुमिबाट आएका युवा हुन् । जनता र युवा माझ उनी अत्यन्तै लोकप्रिय छन् । उनले नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिने घोषणा गरेका हुन् । अहिलेको नेतृत्व युवा शक्तिको हातमा आउनुपर्ने र युवा नै नेतृत्व लिन तयार हुनुपर्ने उनको दाबी छ ।
जाजरकोटका आम नेपाली कांग्रेससका नेता कार्यकर्ता सबै युवाले साथ दिने र हरेक बिसयमा युवाको लागि र जनाता देशको लागि आफू अगाडि बढने उनी बताउँछन् ।








