शिवालय ६ मा वडाअधिबेसन सम्पन्न सभापतिमा निर्बिरोध धन ब बुढा


दिपेन्द्र थापा मगर
जाजरकोट २०भाद्र : नेपाली काँग्रेस १४औं महाधिवेशनको वडा अधिबेशन २०७८ भाद्र १८ केही बिबादित जिल्लाहरु बाहेक देशैभरी सम्पन्न भएकोछ। सोही अनुसार जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडा नं ६ मा पनि वडा सभापति हरुको उम्मेदवार ३ जना उर्जासिल सहयोगी इमानदार र त्यागी युवाहरूको रहेको थियो।
उम्मेदवारहरुमा पार्टिको सभापति सम्हाल्दै आउनुभएको धन ब बुढा, नेपाली काँग्रेसको २०४६ सालदेखि ने.वि. संघमा आबद्ध हुँदै २०५१ सालमा कृयाशिल सदस्यता प्राप्त गर्मुभै हालसम्म पार्टीलाई हरेक तहतप्कामा सहयोग पुर्याउदै आउनुभएको एक त्यागी सालिन ब्यक्ति कर्ण ब. शाही र नेपाली काँग्रेसको हरेक कार्यक्रमहरुमा सहयोग पुर्याउदै सहयोग गर्दै आउनुभएको जुझारु युवा कर्ण ब शाही रहनुभएको थियो।



उहाँहरु ३ जनाको सभापति नछोड्ने निर्णय र जनताको चुनावी माहोल नलैजाने निर्णय भएको हुदा भाद्र १८ र १९ गतेसम्म छलफलकै बिषय चलिरहेको थियो। अन्तत दुवै कर्ण ब शाहीले पार्टीको सभापति चलाउदै आइरहनुभएको सभापति धन ब बुढालाइ नै सर्बसहमत वडा सभापतिमा सहमत दिनुभएको थियो। जस्ले गर्दा धन ब बुढा पार्टी सभापतिमा निर्बिरोध चयन हुनुभएको छ।
पार्टी सभापति बुढा सङ्गै उपसभापतिमा थिर ब रोकाय, इन्द्र ब. शाही सचिवमा अमर ब. थापा मगर, चन्द्र ब. बि .क सहसचिव इन्द्र ब. बुढा, खड्क क्षेत्री सदस्यहरु देवि बाँठा, खम्मे रोका, बल ब. शाही , पार्बता पोखरेल रेग्मी निर्बिरोध चयन हुनुभएकोछ।
क्षेत्रीय प्रतिनिधिहरुमा खुल्लतर्फ धन ब शाही , दिपेन्द्र थापा मगर, भक्त ब थापा मगर, ऋषि प्रसाद रेग्मी,वीर ब. शाही, गणेश ब. थापा मगर ( महिलातर्फ) गिता सिंह शाहि , शृजना रेग्मि शाही , धनरुपी थापा मगर (पि.क्षे.) जनक बुढा (दलित)- चन्द्र बि क (जनजाती) तुल ब. थापा मगर (खसआर्य) कर्ण ब शाही ( समाबेशी महिला) कल्पना शाहि बुढा रहनुभएकोछ।
वडाअधिबेसनमा वडाको ६६ जना कृयाशिल सदस्यमध्य ५० जना सम्मको उपस्तिथि रहेको थियो। निर्वाचन अधिकृत स्थानीय शिक्षक शान्त ब. रोकाय रहनुभएको थियो। भने कार्यक्रमलाई मर्यादित र निर्बिरोध गराउन स्थानीय शिक्षक बुद्धिजिवि मान ब थापा मगरको ठूलो योगदान रहेको छ। अधिबेशनको लागि २ दिनसम्म नै अस्थायी इलाका प्रहरी कार्यालय थालारैकरले सुरक्षा दिदै आएको थियो 











