कर्मचारी यूनियन नेपाल चिगाँडको पहिलो अधिबेशन सम्पन्न- अध्यक्ष दिर्घ बुढा मगर

सुर्खेत १७ कार्तिक : स्थानीय तह कर्मचारी यूनियन नेपाल चिँगाड गाउँपालिका स्तरीय पहिलो अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि चिँगाड गाउँपालिका अध्यक्ष देव ब. चन्दले गरेका थिए । विशेष अतिथि चिँगाड गाउँपालिका उपाध्यक्ष मनमाया आचार्य,नेपाली काङ्ग्रेस तरुण बिभाग केन्द्रिय सदस्य डोर प्रसाद शर्मा,नेपाल निजामती कर्मचारी यूनियन संघ सुर्खेतका अध्यक्ष राजेश बुढा,स्वास्थ्य कर्मी संघका अध्यक्ष उदय थापा शिक्षक संघ चिँगाडका अध्यक्ष जगत रानाले गरेका थिए।
अधिबेशनले दिर्घ बुढा मगर अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ। उक्त कार्यसमितिमा अध्यक्ष, दिर्घ बुढा मगर,उपाध्यक्ष(खुल्ला) राम ब. राना (महिला)उपाध्यक्ष-अमृता राना,सचीव -देव बहादुर नेपाली कोषाध्यक्ष-जनकराज शर्मा , सदस्य खुल्ला तर्फ, टोप ब. खाँड, टोप ब. राना, महिला सदस्य – इन्द्रा कँडेल, कृष्णा दर्लामी , श्रेणिबिहिन- प्रेम ब. राना, नर ब. रोकाय रहेका छन।

सम्बन्धित खवर

Back to top button