नेपाली काङ्ग्रेस जाजरकोटको उपसभापतिमा खडक बि.सी.

जाजरकोट ०७ मंसिर : नेपाली कांग्रेस जाजरकोटको १४औं महाधिवेशन सर्वसहमत सप्पन्न भएको छ। अधिवेशनबाट जाजरकोट काङ्ग्रेसको निवर्तमान पार्टी सचिव खडक बहादुर बुढा पार्टीको उपसभापतिमा चयन भएका छन।
विद्यार्थीबाट राजनीतिमा होमिएका उपसभापति बुढा स्ववियू जाजरकोटको सभापति, नेपालको कान्छो महाधिवेशन प्रतिनिधि , जाजरकोट जिल्ला पार्टी सचिव हुँदै १४औं महाधिवेशनमा जिल्लाको उपसभापतिमा चयन भएका हुन् ।
बुढा भन्छन् “म कुनैपनि कार्यकाल एक देखि दुई पटक दोहोर्‍याउदिन, चाहे बरु पदविहीन रहन तयार छु।” बुढाको भनाइ अनुसार १५औं महाधिवेशनमा पार्टीको जिल्ला सभापतिमा दावी रहने प्रष्ट बुझ्न सकिन्छ।
बुढा शिवालय गाउँपालिका नेपाली काङ्ग्रेसको पूर्व माननीय राजीव विक्रम शाह पछि दोस्रो ताराको रुपमा परिचित छन्। जिल्लाभर सबै यूवाबर्गको लोकप्रिय मानिने बुढा शिवालय गाउँपालिका नेपाली काङ्ग्रेसको लोकप्रिय नेता हुन्। बुढा स्थानीय चुनावमा गाउँपालिका अध्यक्षमा उम्मेदवार भएका थिय। तर उनी थोरै मतले सफल हुन सकेनन्।
उपसभापति बुढा भन्छन “म कुनैपनि हालतमा शिवालयको एकपटक नेतृत्व गर्न चाहन्छु, किनभने मेरो विकास र निकासको एजेन्डाहरु मेरो जनतासामू प्रस्तुत गर्नुछ। नत्र म कसरी नेता बन्न सक्छु?, तर म एकपटक गाउँपालिका अध्यक्ष भैसकेपछी फेरि दोस्रो कार्यकाल गाउँपालिका अध्यक्षको उम्मेदवार दिने छैन् ।” बुढा काङ्ग्रेसको राष्ट्रिय राजनीतिमा केन्द्रदेखी गाउँ-गाउँसम्म चिरपरिचित यूवा नेता हुन् । उनी केन्द्रिय लेभलमा पनि राम्रो छाप भएका नेता हुन्। यसैगरी हेर्नेभने उनी भावी दिनमा आफ्नो जीवनकालमा केन्द्रीय राजनीतिसम्म आउनसक्न्ने प्रष्ट बुझ्न सकिन्छ।

सम्बन्धित खवर

Back to top button