नेपाली कांग्रेस केन्द्रिय सदस्यमा कर्णाली भूगोलतर्फ राजीव,कर्ण र जानकी निर्वाचित

सुर्खेत ७ पुस – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा कर्णाली भूगोलबाट राजीवविक्रम शाह, कर्णबहादुर बुढा र जानकी सिंह विजयी भएका छन् । मंगलबार साँझ सम्पन्न मत गणनामा २ सिटको खुला केन्द्रीय सदस्यमा राजीव शाहले सबैभन्दा बढी २८२० मत ल्याउदै बिजयी भएकाछन ।
यस्तै कर्णबहादुर बुढा २२०० मतका साथ विजयी भए । कर्णाली भूगोल महिलातर्फ जानकी सिंह २६२४ मत प्राप्त गर्दै विजयी भइन् । निर्वाचित तीनैजना सभापति शेरबहादुर देउवा समूहका हुन् ।
पौडेल समुहको कर्णाली प्रदेशका नेता पूर्वमन्त्री हृदयराम थानी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकमतले पराजित भएका छन् । उनी कर्णाली प्रदेश भूगोलबाट उम्मेदवार बनेका देउवा समूहका कर्णबहादुर बुढासँग एकमतले पराजित भएका हुन् ।
थानीले २१९९ मत पााउँदा बुढाले २२०० मत पाएका छन। नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा १, २ मतान्तरमा पराजित हुने थानी तेस्रो नेता हुन् । यसअघि प्रदेश नं. १ को सभापतिमा गुरुराज घिमिरे दुई मतले पराजित भएका थिए । केन्द्रीय उपसभापतिमा विजयकुमार गच्छदार पनि २ मतले पराजित हुन पुगेका थिए ।

सम्बन्धित खवर

Back to top button