नवदुर्गा गाउँलिकाको अध्यक्ष पदमा गाेकुल वहादुर शाहीको दाबी

डडेल्धुरा २८ चैत: डडेल्धुराको नवदुर्गा गाउँपालिकाको अध्यक्ष पदमा गाेकुल वहादुर शाहीले दाबी गरेका छन। विगत १३ वर्षदेखि राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका उनले आफू नै नवदुर्गाकाे अध्यक्ष पदमा उपयुक्त रहेको दाबी गरेका हुन्।

उनी गत स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेस डडेल्धुराबाट नवदुर्गा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रहेका थिए। विभिन्न सामाजिक कार्य गरेर जिल्लामा छुट्टै पहिचान बनाएका शाही २०६४ सालदेखि नेपाली कांग्रेस डडेल्धुराका क्रियाशील सदस्य छन्। नवदुर्गाका थुप्रै समस्या देखेका उनले अध्यक्षमा विजयी भएपछि समाजिक तथा आर्थिक विकासमा कदम चाल्ने बताएका छन।

महिला, बालबालिका, दलित, विपन्न, आदीवासी जनजाति र वृद्धवृद्धाको अधिकारका सवालमा दत्तचित्त भएर लाग्ने उनले दाबी गरेका छन्। ‘अहिले जिल्लाका विभिन्न स्थानिय तहका प्रमुखहरुले जनभावना अनुसार काम गर्न नसकेको शाहीकाे भनाई छ। नेपाली कांग्रेसले नवदुर्गा गाउँपालिकामा गठवन्धन गरे म गठवन्धनकाे विरुद्ध मा अध्यक्ष पदमा लडछु। नवदुर्गामन रहेका तमाम प्रकारका समस्या, चुनौति, अवसर र सम्भावनासँग नजीकबाट परिचित रहेकोले टिकट पाएर विजयी भएमा विकासका लागि योजना समेत बनाएको उनले बताएका छन।

सम्बन्धित खवर

Back to top button