सम्पर्क विहिन तारा एयरको बिमानको खोजी गर्न पठाइयो हेलिकप्टर


काठमाडौं १५ जेष्ठ –पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तार एअरको विमान सम्पर्क विहिन भएको छ।
आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको हो।
विमान अवतरण गर्ने समय भैसक्दा पनि अवतरण नभएपछि सम्पर्कविहिन भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रेम नाथ ठाकुरले जानकारी दिए।
हराएको विमानको अहिले खोजी कार्य भइरहेको छ। विमानको खोजिका लागि जोमसोमतर्फ हेलिकोप्टर पठाइएको छ।








