जुँनिचादेमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो।


दिपेन्द्र थापा मगर
जाजरकोट २७ जेष्ठ : जाजरकोटको जुनीचाँदे गाउँपालिमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । स्वास्थ्य चौकी गर्खाकोटमा उपचार गर्दागर्दै थप एक जनाको मृत्यु भएको जुनीचाँदे गाउँपालिका ५ का वडाध्यक्ष जयबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जुनीचाँदे गाउँपालिका ६ की कालिका शाहीको मृत्यु भएको हो ।
ब्रेक फेल भएर सडकबाट झण्डै ५० मिटर तल खसेको जीपमा सवार गरिरहेका जुनीचाँदे गाउँपालिका–५ शिवपुरी निवासी ४० बर्षिय पुतला गिरी, वडा नं.६ निवासी १९ बर्षिय दर्शन शाहीको घटना स्थलमै मृत्यू भएको छ ।

उक्त दुर्घटनामा परि गम्भीर घाईते हुनेहरुमा गाडी चालक दैलेख जिल्ला गुराँस गाउँपालिका–७ का २५ बर्षिय टोप बहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ निवासी १३ बर्षिय विपना शाही र १३ बर्षिय समिक्षा शाही रहेका छन् । गम्भीर घाईतेहरुको उपचारको लागि हेलिकप्टरबाट सुर्खेत लैजाने तयारी भईरहेको प्रजिअ शाहीले जानकारी दिएका छन् ।
उक्त जीपका सवार जुनीचाँदे गाउँपालिका–६ छिर्कका २० बर्षिय लाल बहादुर वुढा, ३९ बर्षिय बिष्णु बहादुर शाही, १४ बर्षिय सरिता शाही, ८ बर्षिय नमुना सिंह र वडा नं. ५ का ३० बर्षिय नर बहादुर शाहीको अबस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।










