भिरबाट लडेर १७ वर्षीया अस्मिताको मृत्यु

रुकुम पश्चिम : भिरबाट लडेर रुकुम पश्चिममा १७ वर्षीया एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघा निवासी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार आइतबार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेर अस्मिताको मृत्यु भएको हो।

त्रिभुवन जनता माध्यमिक बिद्यालय मुसिकोट खलंगामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहोर फाल्न गएको बेला चिप्लिएर लडेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button