जापानले बनायो विश्वकै तीब्र गतिको बुलेट ट्रेन


एजेन्सी, टोक्यो । जापानले विश्वकै सबैभन्दा तीब्र गतिको बुलेट ट्रेनको परीक्षण सुरू गरेको छ । यो ट्रेन ४०० किलोमिटर प्रतिघण्टा (२४९ माइल प्रतिघण्टा) को गतिले चल्नेछ । जापानले आफ्नो यस बुलेट ट्रेनको नाम एएलएफए–एक्स अर्थात् अल्फा–एक्स दिएको छ । शिनकानसेन ट्रेनको अल्फा–एक्स ट्रेनक परीक्षण शुक्रवारबाट सुरू भएको हो । समाचार अनुसार यो ट्रेन २०३० देखि सञ्चालनमा लगिनेछ ।
सीएनएनका अनुसार यस शिनकानसेन ट्रेनको अल्फा–एक्स भर्सनको ट्रायल तीन वर्ष भन्दा लामो समय गरिनेछ । जसको सुरूवात १० मेबाट भएको छ । यो बुलेट ट्रेन चीनको चर्चित ट्रेन फुक्सिङ् होआ भन्दा १० किलोमिटर तीब्र गतिमा दौडिनेछ । फुक्सिङ्ग ट्रेनको डिजाइन पनि समान क्षमताका साथ अल्फा–एक्स भर्जनकै हो । अल्फा–एक्स बुलेट ट्रेनको ट्रायल जापानको सिदाई र ओमोरी शहरबीच हुनेछ । जसबीचको दूरी लगभग २८८० किलोमिटर छ । समाचार अनुसार यस ट्रेनको ट्रायल आधा रातमा हुनेछ । जुन बेला रेलवे लाइन पुरै खाली हुन्छ । यस ट्रेनको ट्रायल सातामा दुई पटक हुने भएको छ । जापानले पहिलो पटक तीब्र गतिको ट्रेन चलाउने विचार सन् १०३० मा गरेको थियो । सन् १९६४मा जब पहिलो पटक तीब्र गतिको ट्रेन चल्यो तब मानिसले त्यसलाई बुलेट ट्रेन भन्न थाले । जापानी बुलेट ट्रेन नेटवर्कलाई शिनकासेन भनेर जानिन्छ । जसको मतलब नयाँ मुख्य लाइन हो । अहिले सबैभन्दा तीब्र गतिको ट्रेन चीनमा छ । संघाई मैग्लेभ बुलेट ट्रेन दैनिक यात्रु बोकेर २६८ माइल प्रतिघण्टाको गतिमा चल्छ ।









