हत्या–षड्यन्त्र कथामा आधारित पेन्टिङ

सन् १६६९ मा रेम्ब्रेन्ट बान रिनको ६३ बर्षको उमेरमा जब मृत्यु भयो, उनलाई चर्चको एउटा कुनामा पुरियो । त्यसबेला कस्तो चलन थियो भने, गरिबको मृत्यु भएको २० बर्ष उनको अस्थिपञ्जर खनेर निकालिन्थ्यो । र, त्यसलाई अन्यत्र फ्याकिन्थ्यो ।

रेम्ब्रेन्टको हकमा पनि त्यस्तै भयो । तर सन् १९०९ मा वेस्टरकर्क अर्थात एम्स्टर्डमका डच रिम्फार्ड चर्चको उत्तरी भित्तामा उनको नाममा एक स्मारक पत्थर जडान गरियो, जहाँ उनलाई पुरिएको थियो । यो अहिले पनि छ ।

निजी जीवनमा रेम्ब्रेन्ट आफ्नी पत्नी सास्कियाबाट जन्मिएका सबै सन्तानभन्दा बढी बाँचे । एम्स्टडर्मको एक कम्पनीका लागि तयार गरेको ठूलो चित्रकला ‘द नाइटवाच’ जुन बर्ष पुरा भयो, त्यही बर्ष सास्कियाको मृत्यु भयो ।

रेम्ब्रेन्टको सबै बच्चामध्ये टीटसले मात्र वयस्क उमेरसम्म हुर्कन पाए । यद्यपी उनी पनि पिता रेम्ब्रेन्टभन्दा अघि नै मरे । यो झट्का पछिल्लो दुई दशकदेअि चरम आर्थिक मन्दी झेलिरहेका रेम्बेन्टका लागि निकै ठूलो थियो ।

सन् १६५६ मा अहिलेका रेम्ब्रेन्ट हाउस म्युजियम यस चित्रकारको आलीशान घर थियो । त्यही बेला उनी आर्थिक संकटबाट उम्कनका लागि घर बेच्न बाध्य भए । त्यस समय टीटस र हेन्ड्रिकले उनको आर्थिक सहयोग लिएका थिए । हेन्ड्रीकले रेम्ब्रेन्टलाई नोकरको रुपमा घरमा राखेका थिए । त्यही बर्ष उनको सबै कलाकृति लिलामी गर्नुपरेको थियो ।

अहिले उनको मृत्यु भएको ३ सय ५० बर्ष भइसकेको छ । यस अवसरमा विश्वभर उनको कलाकृति प्रदर्शन गरिएको छ । आफ्नो युगका सबैभन्दा महान चित्रकारको आखिरी दिनहरु कति संकटग्रस्त थिए ?

षड्यन्त्र र संकेत

केही बर्षसम्म रेम्ब्रेन्टको यो दुर्दशा उनको चित्रकारी ‘द नाइटवाच’मा जोडेर हेरियो ।

फिल्म निर्देशक पीटर ग्रीनअवेको कारण यस चित्रकारीले केही षड्यन्त्रको पनि जन्म दियो । सन् २००७ मा प्रदर्शनमा आएको उनको फिल्म ‘नाइट वाचिङ’ र त्यसपछि बनेको बृत्तचित्रबाट के कुरा उजागर भयो भने, उनको चित्रकारितामा एक हत्याको षड्यन्त्रको पर्दाफाश गरिएको थियो ।

सन् १९३६ मा एलेक्जेन्डर कोरदाको फिल्म रेम्ब्रेन्टको पेन्टिङमा पनि केही यस्तै देखिएको थियो । हर्षोल्लासका साथ जब द नाइट वाचबाट पर्दा उठाइयो तब नागरिक सेनाका सदस्य र उनकी पत्नी शान्त हुनको बदला अचानक हास्न थाले । त्यसपछि सैनिकलाई रिसको पारो छुटेको थियो ।

चाल्र्स लटनको रेम्ब्रेन्ट फिल्ममा जब रेम्ब्रेन्टले आफ्ना संरक्षक एवं मित्र जैन सिकससँग चित्रकारीको बारेमा इमान्दारीसँग बताउनका लागि भने तब उनले यसमा अध्याँरो, भ्रान्ती सिवाय केही नदेखेको बताए ।

यसलाई गंभीर कलाको रुपमा लिन सकिदैन । घतलाग्दो कुरा त के भने, जैन सिक्स पनि रेम्ब्रेन्टको एक महान चित्रको विषय थियो । केही समयपछि क्याप्टेन बैनिंग कक, जसलाई चित्रमा आफ्नो लेफ्टिनेन्टका साथ सुनौलो आभामा दर्शाइएको छ, उनले रेम्ब्रेन्टको काम बहुत घटिया भएको बताए ।

यद्यपी यस्तो लाग्छ कि बैनिंग ककले नै गेरिट लुन्डेन्स नामक डच चित्रकारबाट यसको एक छोटो रुप तयार गर्नका लागि भनेका थिए, जो अहिले लन्डनको नेशनल ग्यालरीमा छ ।

रेम्ब्रेन्टको चित्रकारिताको यो नक्कल मूल चित्रको केही बर्ष्भित्र गरिएको थियो । लुन्डेन्सको चित्रबाट हामीले देख्न सक्छौ कि रेम्ब्रेन्टको यो कलाकृति कस्तो देखिन्छ ।

खासगरी सन् १७१५ मा रेम्ब्रेन्टको चित्रको माथि र बायाँ दुई(दुई फुट तथा तल र दायाँ केही इन्च काटिए ।
यसले चित्रको मूल रुप विगारेको थियो । साथै पहिले किनारमा उभिएका बैनिंग कक र उनका सहयोगी अब चित्रको ठिक विचमा भए । यसले चित्रमा अघि बढ्ने मूल भावना कही हराएको थियो ।

अहिलेको जमनामा यस्तो गर्नुलाई अपराध मानिन्छ । तर त्यसबेला यस्तो हुनेगथ्र्यो । यस चित्र बिगार्ने काम त्यहीबेला भयो जब यसलाई नागरिक सेना कम्पनीको बैठक कोठाबाट हटाएर एम्स्टडर्मको सिटी हलमा नियमित स्थानमा राखियो । सन् १८८५ मा यसलाई नयाँ ठाउँ रिज्स्क म्युजियममा लगाइयो, जहाँ यसैको लागि विशेष ग्यालरी बनाइएको थियो ।

एक झुटो कथा

तब के ‘द नाइट वाच’को कारण रेम्ब्रेन्टको पतन भएको थियो ?
अनुमान लगाउन सकिन्छ कि के रेम्ब्रेन्टको यो महान चित्रबाट ति व्यक्तिहरु रिसाएका थिए जसमा उनीहरुको यो चित्र बनाइएको थियो ।

निश्चित रुपले यो रेम्ब्रेन्टको अहिलेसम्मको सबै बलाकृतिमा सबैभन्दा ठूलो थियो र काँटछाट पनि पनि यो ठूलो देखिन्थ्यो । अहिले यो चित्र वास्तविक चित्र जस्तो देखिदैन ।
यसमा एक कुकुर भुकिरहेको छ । ड्रम बजाउनेहरु आफ्नो ड्रम बजाइरहेका छन् । बाँया अर्थात एकदम किनारमा पछाडि हेर्दै एक युवा दौडदै बिगुल ल्याइरहेका छन् । एक रक्षक आफ्नो बन्दुकको नलीले छेडछाड गरिरहेका छन् ।

राम्ररी तयार भएका क्याप्टेनका पछाडि एक अन्य रक्षक पनि बन्दुकले गोली चलाइरहेका छन्, जसबाट पैदा भएको धूँवा उको लेफ्टिनेन्टको ह्याटसँग मिलेर एक अजिब दृश्य पैदा गरिहेको छ । चित्रमा केही व्यक्ति प्रमूख चरित्रको पछाडि मुक्कामुक्की गरिरहेका छन् ।

बेनिंग ककको वायाँ र माथि देखिने आँखा स्वयम् चित्रकारको हो । किनभने कुनैपनि चित्रमा रेम्ब्रेटले आफुलाई पनि कहीँ न कहीँ उभ्याएका हुन्थे ।

चित्रमा चम्किलो रंगको सुनौलो कपडामा एक युवती देखिन्छ, जसले कम्मरमा मरेको कुखुरा झुन्ड्याएकी छे ।
प्रश्न के उठ्छ भने कुखुराको ठाउँमा किन बाज देखाइएन जो नागरिक सेनाको प्रतिकको रुपमा अरु बढी उपयुक्त हुन्छ । सायद रेम्ब्रेन्ट क्याप्टेनको नाम र उनको खुराकलाई मजाक बनाउन चाहन्थे । घतलाग्दो के भने उक्त पात्रको अनुहार रेम्ब्रेटकी पत्नी सास्किया जस्तै देखिन्छन् ।

अब चित्रमा त्यस रक्षकलाई हेरौं, जसको बन्दुकबाट अचानक गोली चलेको छ र त्यसले लगभग लेफ्टिनेन्टको टाउको उडाइदिएको छ । हामीले उनको अनुहार देख्न सक्दैनौ । त्यो कम्पनीमा भएर पनि कम्पनीको जस्ता लाग्दैनन् । सायद त्यहाँ पनि कम्पनीको इतिहास देखाइएको छ ।

अहिले भने क्याप्टेन र उनका लेफ्टिनेन्टलाई कम्पनीको मुखियाको रुपमा राम्ररी देखाइएको छ । यद्यपी रक्षकको वेशभूषा समसामयिक दृष्टिले साधरण देखिन्छ ।

रेम्ब्रेन्टले यो चित्र जतिबेला पुरा गरे त्यसबेला बैनिंग कक र उनका मान्छेहरुको उपयोगीता पुरै घटेको थियो । किनभने त्यसबेला स्पेनमा शान्ति स्थापित भइसकेको थियो ।

यद्यपी रेम्ब्रेन्टको चिन्ता केवल नागरिक गर्वसम्म मात्र सीमित थिएन । उनी त एक नाटकको क्यानभासमा उतार्न चाहन्थे, जसमा एकसाथ गंभीरता र हास्य दुबै होस् । यही उदेश्यले हामी क्याप्टेनलाई गंभीर र अन्यलाई हास्य देखिएको छ । यसअघि कसैलेपनि नागरिक सेनाको यस्तो चित्र बनाएकै थिएनन् ।

यद्यपी रेम्ब्रेन्टको समस्यामा त्यस सताब्दीको उत्तरार्द्धमा दुई कुराले बढाव पायो । एक त उनी विन्दास खर्च गर्थे । अर्को चाहि रंगसँग उनको सम्बन्ध गहिरो थिएन । उनको शैली फेसनभन्दा बाहिर गइरहेको थियो ।

जहाँसम्म नाइट वाचको प्रश्न छ, यो नाम सन् १७९० को दशकमा दिइएको थियो । यसअघि यसलाई निरासजनक नामले पुकारिन्थ्यो, जस्तो कि द मिलिशिया कम्पनी अफ डिस्ट्रिक्ट । अन्डर द कमान्ड अफ क्याप्टेन फ्रेन्स बेनिंग कक । आदि । सन् १९४६ मा यसको दागधब्बा सफा गरेपछि पनि यसको रहस्य पहिलेकै जस्तो छ ।

सम्बन्धित खवर

Back to top button